तुल्सीपुरमा रवीको रिहाईको माग गर्दै उर्लियो जनसागर

प्रकाशित मिति:

सञ्चारकर्मी रवि लामेछोनेको रिहाईको माग गर्दै तुलसीपुरमा विरोध प्रदर्शन गरिएको छ । रवि समर्थकले तुलसीपुर बजारमा आज विहान विरोध प्रदर्शन गरेका हुन् ।

निर्दोष रविलाई रिहा गर, दोषीलाई कारबाही गर, निश्पक्ष छानविन गर लगायतका नारा लगाउदै रविका समर्थकले तुलसीपुरका विभिन्न भागको परिक्रमा गरेर विपि चोकमा पुगी कोणसभामा गरेका थिए ।कोणसभालाई सम्बोधन गर्ने वक्ताले षडयन्त्रपूर्वक ढंगले रविलाई गलत आत्महत्या दुरुत्साहनको मुद्दामा फसाईएको भन्दै तत्काल विना सर्त रिहाई गर्न माग गरेका थिए । होटेलमा राखिएका सिसी टिभी गायव पारिनु, मोबाईलमा खिचेको भिडियो भाइरल बनाउनु यी सबै योजनाबद्ध तवरले गरिएको घटना क्रम भएको भन्दै अबिलम्ब रिहाई गर्न माग गरे । रवि लामिछाने थुनामा परेपछि तुलसीपुरमा पहिलो पटक विरोध प्रर्दशन गरिएको हो ।