पवन गिरीले ल्याए ‘मलाई एकछिन देऊ’ (भिडियो)

प्रकाशित मिति:

काठमाडौं – नेपाल आइडल सिजन २ को टप ६ मा पुगेका प्रतिस्पर्धी पवन गिरीको आवाजमा रहेको गीत ‘मलाई एकछिन देऊ’ सार्वजनिक भएको छ ।

वाइड लेन्समार्फत सार्वजनिक गरिएको गीतमा न्ह्युँ बज्राचार्यको संगीत सुन्न सकिन्छ । यो गीत गिरीको पहिलो गीत पनि हो । गीतमा दुर्गालाल श्रेष्ठका शब्द रहेका छन् । गीतको भिडियोको सम्पादन तथा निर्देशन लोकेश बज्राचार्यले गरेका हुन् भने नवराज आचार्यले लगानी गरेका हुन् । गीतमा कविता नेपाली र पवनको अभिनय देख्न सकिन्छ ।