‘भिडियो बैठक’ विवादमा तानियो

प्रकाशित मिति:

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत सोमबार राख्नुभएको मन्त्रिपरिषद् बैठक भोलिपल्टै विवादित बनेको छ। स्वास्थ्य उपचारका क्रममा सिंगापुर रहनुभएका प्रधानमन्त्री ओलीले सञ्चालन गर्नुभएको उक्त बैठकको पक्षरविपक्षमा मंगलबारको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चमा समेत अनेक टीकाटिप्पणी भयो।

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिभिसभा बैठकमा भिडियोमार्फत बैठक बस्दा राज्य सञ्चालनका महत्वपूर्ण सूचना चुहावट हुनसक्ने तर्क गर्दै आपत्ति जनाएको हो। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।