बुटवल – मदिरा ब्यबसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुलाई कर शिक्षा प्रदान गरेको छ । मणिग्राममा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत पवित्रा बन्जाडे, नायब सुब्बा बिनोद पौडेल, लेखा परीक्षक खिला अधिकारी लगायतले मुल्य अभिवृद्धि करमा दाखिला प्रश्चात अभिलेख कसरी राख्ने र कर के कसरी दाखिला गर्ने बारे जानकारी गराएका थिए ।
मदिरा ब्यबसायी संघ रुपन्देही का कार्यबाहक अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा ब्यबसायी महासंघका उपाध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठ,केन्द्रीय सदस्य लिलाधर लुईटेल,प्रदेश नं ५ सदस्य नरहरि बेलबासे,जिल्ला महासचिव प्रितम गिरी,सचिव हिमालय भुसाल,कोषाध्यक्ष पदमराज घिमिरे, सिदार्थनगर अध्यक्ष केशवराज ज्ञवाली,तिलोत्तमा नगर अध्यक्ष झलक तिवारी,बुटवल अध्यक्ष ओमप्रकाश तिवारी,देबदह अध्यक्ष बासुदेव बराई लगायतले सरकारका नीति निर्देशन अनुसार मर्यादित ढंगले व्यवसाय संचालन गर्न व्यवसायीलाई आग्रह गरेका थिए ।









