काठमाडौं – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कलंकीबाट दुईजनालाई पक्राउ गरेको छ। दैलेख घर भएकी ती बालिकालाई कलंकीस्थित पशुपति गेष्ट हाउसमा लगेर जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठ छन्। श्रेष्ठ र थापामगरले ती किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यसैबीच, दैलेखकी तिनै किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थानकोटबाट प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।









