अमेरिकाका सांसदलाई लाग्यो वेश्याबृत्तिको आरोप

प्रकाशित मिति:

अमेरीका । अमेरिकाको वेष्ट भर्जिनियाका सिनेटर माइक मारोनेलाई वेश्याबृत्तिलाई प्रोत्साहन गरेको आरोप लागेको छ । रिपब्लिकन पार्टीका नीति निर्माता मारोनेले एक पेशेवर वेश्यासंग सम्बन्ध बनाएको आरोप लागेको हो । यद्यपि आरोपको सिनेटर मारोनेले खण्डन गरेका छन । रिपब्लिकन सिनेटर मारोनेले यौनकर्मी महिला कोर्टिन क्लर्कसंग सम्बन्ध राखेको आरोप लागेको छ ।

मारोेनेलाई मेसेज मार्फत उनीहरुको भेट र मुल्यको बारेमा चर्चा गरेको आरोप लागेको छ । कोर्टिन क्लर्कले आफुलाई यौन व्यवसायी भएको बताउछिन । सिनेटर मारोनेले यौनकर्मी महिलाको तस्विर मागेका थिए भने आफ्नो तस्विर पनि पठाएका थिए । प्रहरीले मारोनेको साथै यौनकर्मी भनिएकी महिलामाथीपनि अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार यौनकर्मी महिलामाथी पहिला पनि अन्य आरोपहरु लगिसकेका छन । उनीमाथी लागु औषध हिरोइनको कारोबार गरेको मुख्य आरोप लागेको थियो । यौनकर्मी कोर्टिनसंगको सम्बन्धकै कारण अन्य दुई पुरुषहरुलाई पनि दोषी ठहराइएको थियो । सिनेटर मारोनेका वकिलले उनलाई फसाउन तथा बदनाम गराउन यस्तो साजिश रचिएको दावी गरेका छन । अर्कोतर्फ प्रदेश सभासद तथा विभिन्न अधिकारकर्मीहरुले सिनेटर मारोने पदबाट हट्नु पर्नेमाग गरिरहेका छन