ललितपुरमा मिनीट्रक दुर्घटना, १० जना घाइते

प्रकाशित मिति:

काठमाडौँ –ललितपुरमा मिनीट्रक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको कोन्ज्योसोम गाउँपालिका ३ दलचोकीमा बा २ ख ३८९० नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

शुक्रबार भएको दुर्घटनामा परि घाइते हुनेमध्ये २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ । भने अन्य ८ जना पनि घाइते अवस्थामा छन् ।ट्रक अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घटनाबारे थप विवरण आएको छैन् ।