उसुमा निमाको किर्तीमानी

प्रकाशित मिति:

निमा घर्ती मगरले नेपाली उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

आज भएको प्रतिस्पर्धामा ९।१७ अंकका साथ निमाले कीर्तिमान बनाएकी हुन । इन्डोनेसियाको जकार्तामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो ।

दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । तर आज भने उनले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी पनि १२ खेलाडी मध्ये एघारौँ स्थानमा रहिन् ।

यता पौडीमा सागकी पदक विजेता खेलाडी गौरीका सिंह हिट चरणबाट नै बाहिरीएकी छिन । महिला १०० मिटर फ्रिस्टालमा दोस्रो हिटमा रहेकी गौरीका छैटौं स्थानमा रहिन । उनले निर्धारीत दुरी १ मिनेट ८२ मिलिसेकेण्डमा पूरा गरिन् ।