काठमाडौं– वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १५ वर्ष पूरा भएको छ ।वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको आतंकवादी इस्लामिक संगठनले विभत्स हत्या गरेपछि नेपालमा २०६१ साल भदौ १६ अर्थात आजकै दिन आफन्त र सर्वसाधारणले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर लगायतमा आक्रमण गरेका थिए ।
उक्त हत्याकाण्ड पनि राजधानीको अवस्था तनावग्रस्त बनेको थियो । ठाउँठाउँमा आन्दोलन भएका थिए । विभिन्न म्यानपावर, सञ्चारगृह, धार्मिक प्रतिष्ठानमा आक्रमण भएका थिए ।









