बिद्यालय नजिकै पहिरो जादा बिद्यालय भवन जोखिममा

प्रकाशित मिति:

यम सोमै स्याङ्जा -मोटर बाटो फराकिलोको साथै कालोपत्रेको लागि बाटोको भित्ता खन्दा कालीगण्डकी वडा नं १ मा रहेको श्री जनहीत माबिको माथिल्लो भवन बाट पहिरो गएको छ। पहिरोले गर्दा बिद्यलय भवन जोखिममा रहेको बिद्यलयका प्रधानाध्यापक श्री केशर बहादुर क्षेत्रीले  जानकारी दिनु भएको छ। मोटरबाटोको भित्तामा पर्खाल उठाउनको लागि खनिए पनि पर्खाल उठाउने कार्य भन्दा पहिला नै परेको बर्षाको कारण पहिरो गएको बताइएको छ।

बिद्यालय भवन नै जोखिममा रहेको हुँदा देखिएको समस्या तत्काल समाधान गर्न बिद्यालय प्रशासनले सम्बन्धित ध्यानाकर्षण गराएको छ। प्राप्त जानकारी अनुसार उक्त समस्या तत्कालै गर्न नसकिएको अवस्थामा ठूलो क्षती समेत हुन देखिएको छ। पहिरो बिद्यालयको माथिल्लो भवन बाट सुरु भै मोटरबाटो साम्म रहेको र धेरै स्थान मा जमिन धस्सिएकोले पहिरोको अझै जोखिम रहेको छ। सगुन कन्स्ट्रक्सनले यश खण्डको मोटर बाटो कालो पत्रेको जिम्मेवारी लिएको र कन्स्ट्रक्सनको कार्य प्रती यत्रतत्रबाट प्रसंशा भैरहेको अवस्थामा प्रालीले पनि यो समस्या समाधानको लागि तत्काल कदम चाल्ने अपेक्षा गरिएको छ। तस्बिर –केशर क्षेत्री