बुटवल जेसीसको सप्ताह व्यापी यूवा जागरण अभियान सम्पन्न

प्रकाशित मिति:

बुटवल । बुटवल जेसीस र महीला जेसीसले आयोजना गरको सप्ताह व्यापी युवा जागरण अभियान आज समापन भएको छ । जेसीसले एक हप्ता सम्म बुटवलका विभिन्न कलेजमा गएर युवालाई जागरण ल्याउने विभिन्न विषयमा प्रशीक्षण दिएको थियो । त्यस्तौ आज भएको समापन कार्यक्रमाम समाजमा लैङ्गिक समानता कायम भएमात्र समाज अगाडी बढन सक्ने सहभागीहरुले बताएका थिए । बुटवल जेसिस र महिला जेसिसको आयोजनामा संचालित संयूक्त जेसिस सप्ताह व्यापक यूवा जागरण अभियानको समापन समारोहमा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका छन् ।  कार्यक्रममा प्रमुख अतिथि तुल्सीपुर उच्च अदालत बुटवल इजलासका न्यायधिश राज्यलक्ष्मी बज्राचार्यले सरकारको सहयोगी हातको रुपमा जेसिस भएको र समाज रहेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषमा काम गरकोमा प्रसंशा अत्यान्त्यै महत्वपूर्ण छ । कार्यक्रममा दुईवटा कार्यपत्रमा प्रस्तुत भएका विषयहरु भनेका हामीले भोगेका विषयमा हुन् ।  समानताका कुरा गर्दा मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा व्यवस्था भएका विषयहरु हुन् ।

कानूनको दृष्टिमा कुनै पनि व्यक्तिलाई जातको आधारमा,वर्गको आधारमा विभेद गर्न पाइने छैन भन्ने व्यवस्था छ तर व्यवहारमा परिवर्तन नहुँदा गाहे भएको बताइन । बज्रचार्यले परिवर्तन आफैबाट सुरु गर्नुपर्ने भन्दै महिलाको विशेष अधिकार अन्तरर्गत प्रजनन अधिकार बाहेकका हरेक अधिकार समान रहेको बताइन् । समानता भन्ने कुरा कागजमा मात्र भएर हुदैन व्यवहारमा लागु हुनुपर्छ न्याय पीडितले अनुभूति गर्ने खालको हुनुपर्छ । संविधानले महिलालाई सकारात्मक विभेदको आधारमा विशेष व्यवस्था गरेर समानताको बाटोमा पुरयाउन खोज्नु भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमा जुन खालको यौनजन्य घटना हुन्छन भन्ने कुरा आयो त्यस कारण तपाईहरु हिंसामा पर्नुहुन्छ भने नजिकको प्रहरीमा जानुस । प्रहरीले तपाइको उजुरी लिएन भने सिधै अदालत पनि आउन सक्नुहुन्छ । कार्यक्रममा विशिष्ठ अतिथि उच्च अदालत तुल्सीपुर बुटवल बारका अध्यक्ष जोक बहादुर केसीले पक्षको न्यायका लागि काम गर्ने कानून व्यवसायीले अन्यायमा परेका व्यक्तिहरुको न्यायका लागि लडने हो । उनले भाषण गर्देमा परिवर्तन सम्भव हुदैन भन्दै जुन कुरा छ त्यो रातारात पितृसत्ताको नाइट हुनसक्दैन् ।आर्यआर्जनका पाटाहरुमा जोड दिइ आर्थिक सशक्तिकरण गर्न सकेमा मात्र समानता कायम हुन्छ ।

 

विभेद यहाँ मात्र होइन सम्पन्न समाजमा पनि विभेद रहेको छ ।कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा र पत्रकार भवानी प्रसाद पाण्डेले लैङ्गिक समानताको अवस्था, विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा जेसिसका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, गैसस रुपन्देहीका अध्यक्ष रीमा बि.सी., लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी आनिक राना लगायतले बोल्दै लैङ्गिक समानताका कुरा गर्दा आर्थिक सवलीकरणको माध्यमबाट सशक्तिकरण गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा आस्था पाठ कार्यकारी उपाध्यक्ष तथा मुल संयोजक उत्तम पोखरेलले गर्नु भएको थियो । बुटवल जेसिसका अध्यक्ष नरदेव न्यौपाने र महिला जेसिसका अध्यक्ष लक्ष्मी थापाको संयूक्त अध्यक्षता नरदेव न्यौपानेको स्वागत तथा बुटवल जेसिसका महासचिव राजिब गौतमको संचालनमा सम्पन्न भएको थियो ।