बाँके घटनामा गृहमन्त्रीको स्पष्टीकरण : नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्
प्रकाशित मिति:
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा (बादल)ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशन दिएर नभएको बताएका छन् । तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने स्वीकार गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन ।’









