प्राध्यापक संघको केन्द्रीय अध्यक्षमा डा. थापा निर्वाचित

प्रकाशित मिति:

बुटवल – देशभरका प्रध्यापकहरुको छाता संस्था नेपाल प्रध्यापक संघको केन्द्रिय अध्यक्षमा बुटवलमा कार्यरत प्रा डा बुद्ध बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् । बुटवल वहुमुखी क्याम्पसमा सम्लग्न रहनु भएका थापा देशभरका प्रध्यापकहरुले सर्बसहमतीमा निर्विरोध हुनु भएको हो । काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनबाट डा थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । वाकी रहेका सदस्यहरुको हकमा भने कार्तिक २३ गते राजधानी काठमाडौंमा हुने निर्वाचन प्रक्रियावाट टुङग्याईने निर्वाचन समितिका संयोजक प्रा डा रामप्रसाद ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनको निर्वाचन कार्यतालिका अनुशार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उनि निर्विरोध भएका हुन् । संघमा २० जना सदस्यहरु रहने विधान अनुशारको व्यवस्था भएपनि २१ जनाको उमेद्वारी परेकोले मतदान हुने भएको छ । देशभरका प्रध्यापकहरुको छाता संस्था प्रध्यापक संघमा राजधानी वाहिरबाट अध्यक्ष पदमा निर्विरोध भएको सम्भवत पहिलो पटक हो । प्रजातन्त्रबादी प्रध्यापक संघको महासचिव भैसकेका थापा सबैलाई मिलाएर लैजानसक्ने क्षमताका कारण पनि लोकप्रिय छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत भैसकेका थापा बरिष्ठ अधिवक्ता पनि हुन् । उनि उच्च अदालत वार एकाई बुटवलका पुर्व अध्यक्ष समेत हुन् । लामो समयदेखि प्रध्यापन पेशामा रहेर वेदाग आफ्नो कार्यसम्पादन गरेका थापाले निर्वारोध भएसंगै देशभरीकै प्रध्यापकहरुको विश्वासलाई गुम्न नदिने प्रतिक्रिया दिएका छन् । उनले प्रध्यापकहरुका पेशागत धेरै खालका समस्याहरु रहेकाले सरोकारवाला निकायहसंग संवाद गरेर समाधान गरिने पनि बताए । नेपालमा विभिन्न १० वटा विश्व विद्यालय अन्तरगतका २० हजार भन्दा वढि प्रध्यापकहरु संघमा आवद्ध रहेका छन् । सबै दल समर्थकहरुका आ आफ्नै संघ संगठन भएपनि नेपाल प्रध्यापक संघ सबैको छाता संस्था हो ।