छुटे बिप्लवका प्रवक्ता ‘प्रकाण्ड’

प्रकाशित मिति:

काठमाडौं / सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले विहिबार विश्वकर्मालाई तारेखमा सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो । रिहा गर्न आदेश दिएको हो ।उनी आजै रिहा भएका छन् ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाई गर्दै कार्की र श्रेष्ठको ईजलाशले विश्वकर्मासहित दोलखाका लोकेन्द्र दर्नाल र राजनप्रसाद लम्साललाई पनि रिहा गर्न आदेश दिएको छ । विश्वकर्मालाई काभ्रे सदरमुकाममा रहेको कुन्साङ लामाको क्रसरमा आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत काभ्रेले म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिइरहँदा सर्वोच्च अदालतले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बन्दीसहित जवाफ पेश गर्न आदेश दियो ।
न्यायाधीशद्वको संयुक्त इजलासले थुनामा राखेर पर्याप्य आधार र कारण नखोली म्याद थप भएको भन्दै निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पक्राउ गर्नुको लिखित कारणसहित बन्दीलाई उपस्थित गराउन विपक्षीको नाममा आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि उनलाई वुधबारै सर्वोच्चमा पेश गरिएको थियो ।
साउन २२ गते हेटौडाबाट फर्किँदै गर्दा प्रहरी अनुसन्धान व्यूरोको टोलीले उनलाई चन्दा असुली गरेको र आपराधिक गतिविधि गरेको भन्दै पक्राउ गरेको गरेको थियो । उनका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेपछि सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो ।