नेपाली कांग्रेसका संस्थापक गणेशमानको २२ औं स्मृति दिवस : शालिकमा माल्यार्पण गरी मनाइयो

प्रकाशित मिति:

बुटवल – नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको २२ औं स्मृति दिवसको अवसरमा बुटवल स्थित पार्टी कार्यालय परिसरमा रहेको शालिकमा नेपाली काँग्रेसले माल्यार्पण गरेको छ । नेपाली काँग्रेसले संस्थापक नेता सिंहको स्मृतिमा बिहिबार बुटवल मैनावगर स्थित गणेशमान स्मृती भवन परिषरमा रहेको गणेशमानको शालिकमा माल्यार्पण गरेको हो । नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, नगर सभापति खेलराज पाण्डे लगायतका नेताहरुले गणेशमानको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै क्षेत्रीय सभापति लम्सालले पद बिना पनि पार्टीको नेतृत्वमा स्थापित हुन सकिन्छ भन्ने उदाहरण संस्थापक नेता गणेशमान सिंहले प्रस्तुत गरेको बताउनु भयो । पछिल्लो समयमा निष्ठाको राजनीति हराउँदै गएको बताउँदै स्वर्गीय नेताबाट निष्ठाको राजनीति सिक्नुपर्ने पनि उहाँले भनाई राख्नुभयो । नेपाली काँग्रेस बुटवल उपमहानर समितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति बिमलराज भट्टराई तथा सञ्चाल सचिव ज्योती भण्डारीले गर्नुभएको थियो ।