मदन भण्डारी अध्ययन केन्द्र संगठन बिस्तार 

प्रकाशित मिति:

रुपन्देही-नेकपा(नेकपा) निकट मदन भण्डारी अध्ययन केन्द्र क्षेत्र नं १ (ख) रुपन्देहीको प्रादेशिक तहको प्रथम भेला आज कालिका सामुदायिक वनको मक्रहरमा भव्य रुपमा सम्पन्न भएको छ । करिब एक सय जना कार्यकर्ताको उपस्थितीमा भएको भेला विभिन्न जिल्ला नेताहरुले सम्बोधन गर्नु भएको छ ।प्रादेशिक तहको प्रथम भेलालाई सम्बोधन गर्दै नेकपा नेता तथा अध्ययन केन्द्रका सल्लाहाकार पुरुषोत्तम घिमिरेले पार्टी भित्र समाजवादी मुल्य, सिद्धान्त अनुसारको व्यवहार मर्दै गरेको उल्लेख गर्दै पार्टीलाई जोगाउन एक बृहतर बैचारिक बहस र छलफल जरुरी भएको बताउनु भएको छ ।

भेलामा रुपन्देहीको कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येकै पुराना नेता तथा मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमाका अध्यक्ष देवि पाण्डेले पार्टी भित्रको भावनात्मक एकता स्थापित गर्न नेतृत्वले आदर्शपुर्ण व्यवहार अपनाउन पर्ने बताउनु भयो र अध्ययन केन्द्रका अभियन्ताहरु खुल्ला ह्दयका साथ कम्युनिष्ट आन्दोलनका खरावी बारे बहस गर्न तयार हुनु पर्ने बताउनु भयो ।अध्ययन केन्द्रका अध्यक्ष सिद्धिचरण भटराईले दुई तिहाईको संसदीय शक्ति स्थापित हुँदा जनतामा उत्पन्न निराशाको कारण र निदान खोजिनु जरुरी भएको बताउनु भयो । उहाँले पार्टी भित्र पद्धति हराउँदै जाने दलालहरु हावि हुँदै जाने, वडा अध्यक्ष देखि मेयर, सांसद र मन्त्रीहरुले घुमिफिरी दलालहरुकै सेवामा काम गर्ने परिस्थिती निर्माण भएकोले जनतामा असन्तुष्टी आएको बताउनु भयो ।अध्ययन केन्द्रका जिल्ला उपाध्यक्ष खेम लुईटेलको स्वागत मन्तव्य, जिल्ला सचिव युवराज न्यौपानेको सञ्चालनमा भएको उत्तः कार्यक्रममा जिल्ला सदस्य सैलेन्द्र उपाध्याय, सुनिल कौशल, दीलिपमणी त्रिपाठी, क्षेत्र नं १ क का अध्ययन केन्द्रका अध्ययक्ष मातृका यादव लगायतले मन्तव्य राख्नु भएको थियो ।
भेलाले यादव अर्यालको अध्यक्षतामा २५ सदस्यीय कमिटी बनाएको छ ।

जसको उपाध्यक्षमा बिष्णु प्रसाद पाण्डे, सचिव चिन्ताहरण कोहार, कोषाध्यक्ष बिन्दु चौधरी, सह सचिवमा राजकुमार कुर्मि चौधरी रहनु भएको छ । यसै गरी सदस्यहरुमा रेवती ज्ञवाली, राजाराम कोहार, कृष्ण पोखरेल, अनिता हरिजन, गजेन्द्र कुमार चौधरी, कान्छा कोहार, टप्पु पासी, भगत हरिजन, उमेश हरिजन, तोयनाथ पुन, बिनोद गैरे, केदार चन्द्र पराजुली, महारानी थारु कुवर, बिष्णु नेपाली, चित्र बहादुर कोहार, कृष्ण प्रसाद पोखरेल रहनु भएको छ । केहि सदस्यहरु पछि थप गर्ने जनाईएको छ । अध्ययन केन्द्रले वडा तह सम्म संगठन बिस्तार गर्ने र वडा तहसम्मै वैचारिक अभियान चलाउने जनाएको छ ।