म्याग्दीको कोतखोलामा बाढी, दुई जना बेपत्ता चार घरमा क्षति

प्रकाशित मिति:

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोत खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।गएराति आएको बाढीमा परी स्थानीय १० वर्षीय शर्मीला परियार र ६ वर्षीय अनिष्का परियार बेपत्ता भएको प्रहरीे जनाएको छ ।

कोतखोलामा आएको बाढीले बुद्ध एकेडमीको पाँचवटा भवन पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै स्थानीय माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेत परियारको घरमा क्षति पुगेको म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।