बुटवल – रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले पुर्व अध्यक्ष एंव संस्थापक सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्लबको स्थापनाकाल देखी अहिले सम्म क्लबका लागि विभिन्न माध्यमबाट योगदान गरी क्लबलाई गअ्रपंतिमा पु¥याउने क्लबका पुर्व अध्यक्षहरु एंव सस्थापक सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष मधु भट्टराईको अध्यक्ष्ततामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्ष संग अन्तरक्रिया कार्यक्रम गर्दै अझ यस क्लबलाई अग्रसर गराउनका लागी र क्लबका भावि योजना अगाडि बढाउनका लागी पुर्व अध्यक्ष र सस्थापक सदस्यहरु संग अन्तरक्रिया गरी सुझाव समेत लिएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए । क्लबका पुर्व अध्यक्ष विमलराज भट्टराइ, गणेशचन्द्र पोखरेल, दिप आचार्य, जिवन अधिकारी, कमल थापा श्रेत्री, सन्तोष पौडेल, बाबुराम बन्जाडे, बालकृष्ण पाण्डे ,जनक दमासे, राजिव गौतम, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरे लगाएतले आफ्नो मन्तव्य राखेका थिए । साथै कार्यक्रम चिरन अर्यालको संयोजकत्व र सौरभ भुषालको सञ्चालनामा समापन भएको थियो ।









