एक्कासी गोली चलेपछी ….

प्रकाशित मिति:

सप्तरी – सप्तरीमा अज्ञात व्यक्तिले गोली चलाउदा एक जना घाइते भएका छन् । स ११ प १३६६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ अज्ञात व्यक्तिले चलाएको गोली स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि प्रहार भएको हो ।विष्टमाथि उनीहरुले २ राउण्ड गोली प्रहार गरेका थिए ।१ राउण्ड गोली मिस फायर भएको र १ राउण्ड गोली लागेर विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोली लागेर घाइते भएका विष्टको सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनास्थलबाट १ थान ९ एमएमको गोलीको खोका र मिस फाइर भएको अर्को ९ एमएमको गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको भने खोजी भइरहेको छ ।