काठमाडौं – एनआरएन तान्जानियाको नयाँ कार्यसमिति अध्यक्षमा पुष्पराज भट्टराई निर्बाचित भएका छन् । अघिल्लो कार्यसमितिमा महासचिब भएर सफलतापूर्वक कार्य सम्पादन गरेका भट्टराईले अध्यक्ष पदको कार्यकालभित्र अझ बढि मिहेनत र कामहरु गरेर देखाउने बताए ।
त्यसैगरि नयाँ समितिको उपाध्यक्षमा बिनोद पट्टेल, महासचिब श्रेय शाक्य, सचिब राम चौधरी, कोषाध्यक्ष गोपाल रंजन, महिला संयोजक अन्जली तामाङ्ग, युबा संयोजक कृष्ण सुनुवार र सदस्यहरुमा पासाङ्ग शेर्पा, दुर्गा बहादुर सिंजाली, बिमल भट्ट, बिजय ज्ञवाली, नारायण अर्याल र भगवान भट्टराई निर्बाचित भएका छन् । पाल्पाकाे तानसेनमा जन्मघर भएका भट्टराई तान्जानियामा रहेको आईटी कम्पनी रासेलोको संस्थापक तथा चिफ टेक्निकल अफिसरको रुपमा कार्यरत छन् ।












