म्याग्दी-म्याग्दीमा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–३ रानीपौवाका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दीपले झुक्किएर दूध भन्दै उडुस मार्ने सेल्फोस सेवन गरेका थिए ।सोमबार दिउँसो बिषादी सेवन गरेका सन्दीप विकलाई उपचारका लागि पोखरा लगिएको थियो । तर उनको पोखराको पोखराको मनिपाल अस्पतालमै उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।









