संगीतमा रुची राख्नेहारुलाई के देश के बिदेश रुपेश न्यौपाने र उनको शमुहले नेपाली संगीतलाई माया गर्ने दर्शक हरुका लागि नयाँ तिज कोशेली अमेरिकामा लिएर आएका छन् त्यस्तै यस गीतमा सब्द संगीत भरेका सुर्य न्यौपाने अस्ट्रेलियामा बस्दै आएका छन् बिगत लामो समय देखि गीत संगीतमा श्रोता दर्शकको मिठो माया पाएका सुर्य न्यौपानेले उत्कृष्ट गीतहरु प्रस्तुत गर्दै आएका छन्
अतन्त्यै सरल स्वभाभका रुपेश न्यौपाने नेपलबाट एम बि ए सकेर पी एच डि गर्नका लागि अमेरिका गएका हुन् मन परेका छन् भन्ने पन्चेबाजाको गित गाए पछि उनको चर्चा चुलिएको हो उनि भन्छन मेरो अध्यन सके पछि नेपालमै फर्केर गित संगीतका साथै सामाजिक कार्य गर्छु
नेपालमा एक छत्र राज गरेका बब्बु थापालाई पनि गित संगीतको नशाले छाडेन उनले निर्देशन गरेको यस गीतमा पवन सिंखडाले छायांकन तथा सम्पादन गरेका छन् शालिग्राम इन्टरतेंमेंटको प्रस्तुति रहेको यस तिज गीतमा रुपेश न्यौपाने र टिका पुनले स्वर भरेका छन्
अमेरिकामा आफ्नै व्यापार ब्यबसाय संचालन गर्दै आएका दम्पति दिनेश भट्टराई र मंजु भट्टराईले यस गितमा कम्मर मर्काएक छन् अमेरिकाको देन्वर कोलोराडोमा छायांकन गरिएको यस गीतमा अमेरिकामा बस्दै आएका नेपाली चेलीहरुको प्रस्तुति देख्न सकिन्छ













