घरकै कामदारले नै मालिकको पैसा चोरेपछि…

प्रकाशित मिति:

दयपुर- आफुले पालेको कुकुरले आफैलाई टोक्छ भने झैं उदयपुर चौदण्डीगडी नगरपालीका — ७ स्थित खड्कबहादुर सेञ्चुरीको घरबाट उनकै घरमा काम गरी बस्ने मैनाली भनिने व्यक्तिले श्रावण ८ नगद रु. ५ लाख ५० हजार रुपैया चोरी फरार भएका थिए ।

मैनालीलाई पाँचथरको फिदिम बजारमा लुकिरहेको अवस्थाका प्रहरीले असोज ६ पक्राउ गरेको छ । पक्राउ परेका मैनालीसँग नगद रु ७० हजार चाँदीको ब्रासलेट तथा सिक्री र एक थान मोवाइल वरामद गरेका छन् । उनी माथि थप अनुसन्धान भइरेको इलाका प्रहरी कार्यलय बेल्टारले बताएको छ ।