कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौँ –नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ ।बेरीले विहीवार देउवालाई निवासमै गएर भेटेका हुन् । बुढानिलकण्ठमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको छ ।

बेरीसँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा राख्दै सभापति देउवाले भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने जानकारी दिएका छन् ।सिमपानी न्युज बाट साभार