एनआरएनए एनसीसी अमेरीकाका बहुमत पदाधीकारीहरूद्वारा “आईसीसी डेलिगेसन छनौट समितिको” नामाबली अस्वीकृत

प्रकाशित मिति:

अमेरिका – हामी एनआरएनए एनसीसीका बहुमत पदाधीकारीहरूले ‘आईसीसी डेलिगेसन छनौट समिति’ ले तयार पारेको आईसीसी डेलिगेसन नामाबलीलाई अस्वीकृत गर्दछौं। एनआरएनए एनसीसीलाई बाइपास गर्दै आज निकालिएको तेस्रो नामाबलीमा छनौट समितिका पदाधीकारीहरूले एनआरएनएमा सकृय एवं जिम्मेबार ब्यक्तित्वहरूलाई पाखा लगाउदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई अबैधानिक तरिकाबाट डेलिगेसन लिस्टमा नाम उल्लेख गराएकाछन् । सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूको जनआवाजलाई बिश्वासघात गर्ने यस्ता बदनियतपूर्निण निर्णयबिरूद्ध हामी तल उल्लेखित बहुमत एनआरएनए एनसीसीका पदाधीकारीहरूले आफ्नो मत जाहेर गर्दछौं।

गैह्र आवासीय नेपाली संघ, आईसीसी को बिधान २००३ (संशोधन २०१७) को परिच्छेद ५ धारा १३ तथा गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय महाधिवेशन संचालन सम्बन्धी नियमाबली २०१९ को धारा ७.२ मा “अन्तराष्ट्रीय महाधिवेशनमा मतदान अधिकार सहित भाग लिनका लागि सम्बन्धित राष्ट्रीय समन्वय परिषदले प्रतिनिधी चयन गर्नेछ” भन्ने प्रष्ट ब्यबस्था छ। त्यसै गरि एनआरएनए एनसीसी अमेरीकाको बिधान २०१८ को धारा XVIII (157) ले पनि एनआरएनएको अन्तराष्ट्रीय महाधिवेशनको प्रतिनिधि छनौट गर्ने अधिकार एनआरएनए एनसीसी बोर्डलाई सुम्पेकोछ। तर यी सम्पूर्ण क़ानूनी प्रबधानहरूलाई बेवास्ता गर्दै एनआरएनए एनसीसीका “केही सिमित ब्यक्तिहरू’ सम्मिलित ‘आईसीसी प्रतिनिधी छनौट समिति’ ले नियमाबली बिपरित तथा मनोमानी ढंगले उक्त छनौट समितिकै पदाधीकारीहरूलाई समेत जानकारी नगराई आईसीसी डेलिगेट्स चयन गरेकोछ। एनआरएनए आईसीसीको चुनाबलाई मध्यनजर गर्दै खेलिने यस्ता घृणित खेलहरूप्रति हामी एनआरएनए एनसीसी बोर्डका पदाधिकारीहरू सजग छौं र यस्ता असामाजिक कामको हामी घोर भर्त्सना गर्दछौं। तसर्थ, यथासक्य चॉडो एनआरएनए एनसीसी अमेरीकाको बोर्ड बैठक बसी पक्षपातपूर्ण “आईसीसी प्रतिनिधि छनौट समिति” को आधिकारिक बिघटन गरी एनआरएनए एनसीसीको पूर्ण बोर्डले प्रकासित नामाबलीको पुनर्मुल्यॉकन गरी नयॉ नामाबली प्रकाशित गर्नु पर्ने निर्णय गर्दछौं। संस्थागत सुद्धिकरणको यस महाअभियानमा सहयोग र समर्थन गर्न एनआरएनए एनसीसी बोर्डका सम्पूर्ण पदाधिकारीहरू लगायत सम्पूर्ण अमेरीकाबासी एनआरएनएहरूलाई हामी अपील गर्दछौं।

भवदीय,

कृष्णजीबि पन्त, क्षेत्रीय उपाध्यक्ष
सर्बज्ञ वाग्ले, क्षेत्रीय उपाध्यक्ष
अमृत कट्टेल, सचिव
बिनोद रूवाली, युवा संयोजक
दिक्षा बस्नेत, महिला संयोजक
सत्य चौधरी, बोर्ड अफ डायरेक्टर
जीवन जोशी, बोर्ड अफ डायरेक्टर
खीम भट्टराई, बोर्ड अफ डायरेक्टर
पद्म ठकुराठी, बोर्ड अफ डायरेक्टर*
तिलक केसी, बोर्ड अफ डायरेक्टर
धर्म बिश्वकर्मा, बोर्ड अफ डायरेक्टर
क्षत्र गुरूंग, बोर्ड अफ डायरेक्टर
अमर क्षन्त्याल, बोर्ड अफ डायरेक्टर*

                                 गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय समिति, अमेरीका