दोलखाका सांसदलाई प्रचण्डको आश्वासन – मन्त्रिपरिाषद् पुनः गठन हुँदा मन्त्री बन्नुहुन्छ
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दोलखाका सांसद्लाई मन्त्री बनाउने आश्वासन दिएका छन् । जिरी नगरपालिकाको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “देवी खड्का र पार्वत गुरुङले दोलखा जिल्लाले सङ्घ र प्रदेशमा समेत मन्त्री पाउन नसकेको गुनासो गर्नुभयो । मन्त्री नहुँदा नै विकासमा पछि पर्नु नपर्ने हो । समानुपातिक विकास हुनुपर्ने हो । तर चिन्ता लिनु पर्दैन । मन्त्रिपरिषद् पुनःगठन हुँदा दोलखाले मन्त्री पाउनेछ ।”
राजधानी प्रदेशको दोलखाजस्तो जिल्ला विकासमा पछि पर्नु नपर्ने प्रचण्डको भनाइ थियो । देशविदेशको ध्यान पुगेको दोलखाका जिल्लाबाट सरकारमा प्रतिनिधित्व नभएको भन्दै नेतृत्वको कमजोरी समेत स्वीकार गरे । साढे तीन करोड लागतमा नगरपालिकाले आफ्नो भवन निर्माण गरेको बताउँदै नगरपालिकाको कार्य सम्पादनले सिंहदरबार जनताको घर आँगनमा आएको आभास भएको प्रचण्डको भनाइ थियो ।









