दिशानिर्देश प्रेस क्लव को वृहत कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

काठमाडौं । ‘भेदभावपूर्ण वर्गीकरण खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्यन गर’ भन्ने मूल नाराका साथ ‘संविधान पूर्ण कार्यान्वयन, केन्द्रीय÷प्रदेश सरकारमा सुशासन र आर्थिक परिवर्तन’ विषयमा बृहत कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले सबै जातजातिको प्रतिनिधित्व नभएसम्म संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपनि मधेशी जनताहरुको नागरिकताको विषयमा देखिएको विवादलाई समाधान गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले मधेश आन्दोलनको समयमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रेस काउन्सिल नेपाल खारेज भएपनि प्रेस काउन्सिलको गैरकानूनी गतिविधि सदाका लागि समाप्त हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान विपरीत काम गर्ने अधिकार प्रेस काउन्सिललाई नदिएकोले तत्काल गैर कानूनी काम रोक्नका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले दिशानिर्देश पे्रस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रेस काउन्सिलले गर्दै आएको विभेदलाई समाप्त गर्नका लागि संघर्ष गर्दै आएका संघर्ष समितिले सफलता पाउने बताउनुभयो । उहाँले लोकतन्त्रमा बोल्ने र लेख्ने अधिकार कसैले हनन गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संचार माध्यमप्रति अंकुश लगाउने प्रेस काउन्सिलको गतिविधि नेपाली जनताले वर्षौदेखि नियाली रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रपत्रिका माथि गर्दै आएको विभेद समाप्त गर्नका लागि सबै पत्रकारहरु एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले तीनै तहको निर्वाचन समयमा सम्पन्न भएर मुलुकले संविधान कार्यान्वयनमा सफलता पाएको तर संविधान कार्यान्वयन गराउनका लागि सबै आवाज विहिनहरुको प्रतिनिधित्व हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । पूर्व उपराष्ट्रपति झाले जनताले के चाहन्छ, जनताको इच्छा अनुसार सरकारले काम गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हरेक क्षेत्रमा देखिएको विभेद अन्त्य नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले दिशानिर्देश प्रेस क्लबले वर्षौदेखि संविधानको विषयमा केन्द्रित भएर पटक पटक कार्यक्रम संचालन गर्दै आएकोमा क्लब प्रति हार्दिक धन्यवाद दिनुभयो । त्यसैगरी निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधि प्रसाद यादवले माघ ७ भित्र तीन तहको निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनमा सफलता मिलेको बताउनुभयो । उहाँले तोकिएको समयमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गराएर मुलुकमा नयाँ नेतृत्वले मुलुक संचालन गरेकोमा नेपाली जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले मधेशमा आन्दोलन चलिरहँदा मधेश केन्दित दलहरुलाई निर्वाचनमा सहमत गराएर निर्वाचन सम्पन्न भएकोमा आप्mनो अभिभारा पुरा गरेको बताउनुभयो । उहाँले तीनै तहको निर्वाचन सम्पन्न नभएको भए संविधान कार्यान्वयन गराउनमा अप्ठ्यारो हुने धारणा व्यक्त गर्नुभयो ।उहाँले दिशानिर्देश प्रेस क्लबले वर्षौदेखि संविधानको विषयमा केन्द्रित भएर पटक पटक कार्यक्रम संचालन गर्दै आएकोमा क्लब प्रति हार्दिक धन्यवाद दिनुभयो । उहाँले वर्षौदेखि प्रेस काउन्सिलको गैर कानूनी हर्कत गतिविधिको विरुद्धमा संघर्ष समितिले सफलता पाउने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलले गर्दै आएको क्रियाकलाप नेपाली जनताको अहित विपरीत रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले संचार माध्यमलाई प्रतिबन्ध गरेर लोकतन्त्रको प्रत्याभूति कुनै पनि हालतमा हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संचार माध्यम लोकतन्त्रको गहना भएकाले संचार माध्यमलाई संरक्षण गर्नुपर्ने दायित्व सबैको रहेको बताउनुभयो । उहाँले हरेक क्षेत्रको विभेद हटाउनका लागि सरकारसँग आग्रह गर्नुभयो । त्यसैगरी राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रेस काउन्सिलको अत्याचारले सिमा नाघेकाले प्रेस काउन्सिलको अत्याचार धेरै दिनसम्म नटिक्ने बताउनुभयो । उहाँले मधेश केन्द्रित पत्रपत्रिकाहरुलाई लक्षित गरेर प्रेस काउन्सिलले गर्दै आएको अत्याचार मधेशवादी पार्टीलाई अस्वीकार्य रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले एउटै व्यक्त एक्काईस वर्षसम्म प्रेस काउन्सिलमा बसेर आफू अनुकुलको पत्रपत्रिकालाई वर्गीकरणमा पार्नु र आफू अनुकुल भन्दा बाहिरको पत्रिकालाई वर्गीकरणबाट हटाउनु गैर कानूनी रहेको बताउनुभयो । उहाँले दिशानिर्देश राष्ट्रिय साप्ताहिक र उपत्यका राष्ट्रिय दैनिक लगायतका सयौ पत्रिकाहरुलाई वर्गीकरणबाट बञ्चित गर्नु प्रेस स्वतन्त्रता हनन भएको धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रपत्रिकाले समाचार लेखेर फेसबुकमा पोष्ट गर्दैमा कुनै पनि साइबल क्राइम नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलको विरुद्धमा संसदमा समेत चर्चाको विषय बनिसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले एउटा व्यक्तिका कारण सिंगो प्रेस काउन्सिल बदनाम हुनुको कारण के हो ? धारणा व्यक्त गर्नुभयो । उहाँले संघर्ष समितिले गर्दै आएको आन्दोलनमा हाम्रो पार्टीको एक्यबद्धता रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले हरके क्षेत्रमा रहेको मधेशी जनतामाथि भएको अत्याचारको विरुद्धमा हामी चुप लागेर बस्न नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मधेशी जनतामाथि गरिएको विभेद अन्त्य नभएसम्म संविधान कार्यान्वयन कुनै पनि हालतमा हुन नसक्ने दावी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सबै वर्ग र समुदायको आवाज संविधानमा प्रतिनिधित्व हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारसँग मधेश आन्दोलनमा भएको सम्झौता कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले कञ्चनपुरको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो । त्यसैगरी संघीय समाजवादी फोरमका नेता तथा पूर्व मन्त्री हरिनारायण यादवले प्रेस काउन्सिलको अत्याचारले सिमा नाघेकाले प्रेस काउन्सिल खारेज भएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल खारेज भएपनि प्रेस काउन्सिलमा केही व्यक्तीहरुले गैर कानूनी रुपमा गर्दै आएको कामलाई समाप्त गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिलले प्रत्येक वर्ष मधेश आन्दोलनमा सहयोग गर्ने पत्रपत्रिकालाई वर्गीकरणबाट बञ्चित गर्नु प्रेस काउन्सिलको गैर कानूनी हर्कत रहेको बताउनुभयो । उहाँले प्रेस काउन्सिल दिनप्रतिनिधि बदनाम भएकै कारण वर्तमान सरकारले प्रेस काउन्सिल विघटन गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले मधेशी पत्रकारले संचालन गरेको पत्रपत्रिकालाई वर्गीकरणबाट बञ्चित गर्नु प्रेस काउन्सिलको गैर कानूनी हर्कत रहेको बताउनुभयो । उहाँले संघर्ष समितिले प्रेस काउन्सिलको विरुद्धमा वर्षौदेखि संघर्ष गर्दै आगामी दिनमा सफलता हासिल गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कुनै पनि मधेशको पत्रकार माथि अत्याचार भयो भने हामी मधेशवादी पार्टी चुप लागेर नबस्न धारणा व्यक्त गर्नुभयो । उहाँले भेदभावपूर्ण वर्गीकरण विरुद्धको संघर्ष समितिले गर्दै आएको आन्दोलनमा संघीय समाजवादी फोरम पार्टीको समर्थन रहेको बताउनुभयो । उहाँले दिशानिर्देश प्रेस क्लबले आयोजना गरेको कार्यक्रमलाई अगामी दिनमा सफलताको कामना दिनुभयो । उहाँले मधेश आन्दोलनमा भएका सम्झौता कार्यान्वयन भएसम्म संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विभेदकारी वर्गीकरण खारेज नभएसम्म प्रेस स्वतन्त्रता पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलको गतिविधिको विषयमा हामीले गम्भीरतापूर्वक नियालेर हेरिरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले जसको विरुद्धमा सर्वोच्च अदालत, उच्च अदालत, काठमडौं जिल्ला अदालतमा दर्जनौ मुद्दा चलिरहेका छन्, त्यस्ता व्यक्ती काउन्सिलमा बस्नु गैर संवैधानिक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिल खारेज भएपनि प्रेस काउन्सिलको नाममा केही व्यक्तिले आतंक मच्चाईरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलको गैर कानूनी गतिविधि चाँडै समाप्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले कसैको समाचार र कसैको कार्टुन छाप्दैमा साइबर क्राइम हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कसैको विरुद्धमा कार्टुन र समाचार लेख्दैमा पक्राउ गर्न लगाउने संविधान विपरीत रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रमा बोल्न र लेखने अधिकार सबै संचार माध्यमको अधिकार रहेकोले कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन हुन नदिनका लागि सबै एकजुट हुनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नागरिक समाजको अधिकार सुनिश्चितताका लागि सबै नेपाली जनता एकजुट भएर फेरि संघर्ष गर्नुपर्ने समय आएको धारणा व्यक्त गर्नुभयो । उहाँले दिशानिर्देश राष्ट्रिय साप्ताहिक र उपत्यका राष्ट्रिय दैनिक लगायतका पत्रपत्रिकाहरुको वर्गीकरणको विषयमा सम्मानीत सर्वोच्च अदालतमा मुद्दा हुँदाहुँदै प्रेस काउन्सिल नेपालले फेरि गैर कानूनी काम गर्नु संविधान विपरीत रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान विपरीत काम गर्नेलाई कारबाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस काउन्सिलको अत्याचार धेरै दिनसम्म नचल्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलको गैर कानूनी कामहरुको विषयमा हामीले गम्भीरतापूर्वक लिएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलले वर्षौ वर्षदेखि विभेदकारी वर्गीकरणको नतिजा प्रति असहमति रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले ल्याएको ऐन प्रेस स्वतन्त्रता विरोधी भएकाले तत्काल ऐन संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संचार माध्यमले बोल्न र लेख्नमा प्रतिबन्ध लगाएकोले बर्तमान ऐन प्रेस स्वतन्त्रता विरोधी भएकाले हामी आन्दोलनको तयारी गर्दै गरेको धारणा सार्वजनिक गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता हननको विरुद्धमा आवाज उठाउन हामी जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउनुभयो । उहाँले दिशानिर्देश राष्ट्रिय साप्ताहिक र उपत्यका सन्ध्याकालिन दैनिक लगायतका पत्रपत्रिका माथि विभेद अन्त्यका लागि प्रेस काउन्सिलको विरुद्धमा समेत आन्दोलन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस माथि भएको हस्तक्षेपलाई कुनै पनि हालतमा नस्वीकार्ने बताउनुभयो । उहाँले पत्रपत्रिका माथि गरिएको विभेद अन्त्य नभएसम्म प्रेस स्वतन्त्रताको संरक्षण हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिनका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । उहाँले दिशानिर्देश प्रेस क्लबले गर्दै आएको कार्यक्रमलाई धन्यवाद दिनुभयो । त्यसैगरी दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जयप्रकाश गुप्ता मायालुले प्रेस काउन्सिल खारेज भएपनि प्रेस काउन्सिलका केही व्यक्तिका कारण प्रेस काउन्सिल दिनप्रतिनिधि दुर्गन्धित बन्दै आएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटालाई धन्यवाद दिदै प्रेस काउन्सिल मात्र खारेज सँगै प्रेस काउन्सिल भित्रको समिति समेत खारेज गर्नका लागि आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिलले वर्षौदेखि देश भरका पत्रपत्रिका माथि विभेद गर्दै आएकोले तत्काल विभेदकारी वर्गीकरण खारेज गर्नका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिलको अत्याचारले सिमा नाघेपछि मन्त्री परिषद्को बैठकले प्रेस काउन्सिल खारेज गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलको अत्याचार अझै जारी भएकोले सदाका लागि अन्त्य गराईदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नुभयो । उहाँले प्रेस काउन्सिलले प्रेस स्वतन्त्रता हनन गरेकोले प्रेस काउन्सिलको गतिविधि समाप्त गराउनका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले पत्रपत्रिकालाई बोल्न र लेख्नबाट बञ्चित भएसम्म प्रेस स्वतन्त्रता कदापी हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले एउटै व्यक्ति एक्काईस वर्ष सम्म प्रेस काउन्सिलको खम्बा समातेर प्रेस काउन्सिलमा बस्न गैर संवैधानिक कार्य भएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रेस काउन्सिलको गैर संवैधानिक क्रियाकलाप र हर्कतहरु समाप्त गराई दिनका लागि नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता दल, नेकपा माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगाएका सबै दलहरुसँग आग्रह गर्नुभयो । उहाँले जबसम्म प्रेस स्वतन्त्रताको प्रत्याभूति हुँदै तबसम्म लोकतन्त्रको विकास हुँदैन, जबसम्म लोकतन्त्रको विकास हुँदैन तबसम्म संविधान पूर्ण रुपमा कार्यान्वयन हुँदैन भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानलाई कार्यान्वयन गराउनका लागि संविधान विराधी तत्वहरुलाई सरकारको हरेक निकायबाट हटाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जयप्रकाश गुप्ता मायालुले संविधान जारी गराउनमा सफल नेतृत्व भूमिका खेल्नु भएका पूर्व उपराष्ट्रिपति परमानन्द झालाई दोसल्ला र पुष्प गुच्छाले सम्मान गरेका छन् । त्यसैगरी तीनै तहको निर्वाचन समयमा सम्पन्न गराउनमा सफल रहनु भएका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवलाई समेत दिशानिर्देश प्रेस क्लबले दोसल्ला र पुष्प गुच्छाबाट सम्मान गरेका छन् । त्यस्तै प्रतिनिधि सभामा निर्वाचित हुनु भएका सफल व्यक्तित्व लक्ष्मणलाल कर्णलाई समेत दोसल्ला र पुष्पगुच्छाबाट दिशानिर्देश प्रेस क्लबले सम्मानीत गरेका छन् । त्यस्तै ज्योतिषी गुरु लालमणी खनाललाई समेत दोसल्ला र पुष्प गुच्छाबाट दिशानिर्देश प्रेस क्लबले सम्मानीत गरेका छन् । त्यसैगरी उक्त कार्यक्रममा नेपाली नेताका प्रवक्ता गोकुल भण्डारी, नेपाली काँग्रेसका युवा नेता अमिन पाण्डे, व्यवसायी धनबहादुर घले, समाजसेवी हरि सिटौला लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रम दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जयप्रकाश गुप्ता मायालुको सभापतित्वमा सम्पन्न भएको थियो ।