सबलपोस्ट/सैनामैना – रुपन्देहीको सैनामैना नगरपालिकामा करिब १ करोड लागतमा ब्याडमिन्टन कबर्डहलको निर्माण गरिएको छ । सैनामैना नगरपालिकाको ७६ लाख ६० हजार ,जिल्ला समन्वयनको १० लाख, खेलकुद बिकास समितको १० लाख, र सैनामैना ब्याड मिन्टन क्लबको ५ लाख गरी १ करोड १ लाख ६० हजार बजेटमा कबर्डहलको निर्माण गरिएको हो । सैनामैना –३ पुष्पनगरमा कर्डहलको निर्माण गरिएको हो । २०७२ सालदेखि पर्राेहा ब्याडमिन्टन क्लबले बकर्डहल निर्माणको लागि पहल गरेर काम सुरु भएर अहिले काम सम्पन्न भएको सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दु बहादुर क्षेत्रीले बताउँनुभयो ।
अहिले सैनामैना ब्याडमिन्टन क्लब गठन गरेका छौं उँहाले भन्नुभयो नगरपालिका ,जिल्ला समन्वयन समिति, खेलकुद विकास समितको बजेटबाट निर्माण भएको हो । कबर्डहल निर्माणले ब्याडमिन्टन खेलाडीलाई थप हौंसला प्रदान गरेको क्षेत्रीले बताउँनुभयो । दैनिक रुपमा ब्याडमिन्टन खेलाडीहरु संख्या बढिरहेको उँहाले बताउँनुभयो । स्वास्थ्यको लागि ब्याडमिन्टन खेल लाभदायिक हुने भएकाले युवादेखि जेष्ठ नागरिक समेत खेल्न आउँने गरेको क्षेत्रीले जानकारी दिनुभयो । कबर्डहल डोम्टा ईन्टरनेशन डिजाईनमा निर्माण गरिएको नगरपालिकाका प्राविधिक चिरञ्जिवी पाण्डेयले जानकारी दिनुभयो । १२ खेलाडी खेल्न मिल्ने कबर्ड हलमा ८ सय मानिस अट्न सक्ने क्षमता रहेको छ ।

सामाजिक विकास मन्त्री बरालद्धारा उद्घाटन – प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले कबर्डहलको उद्घाटन गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँनु भएको छ । प्रदेशका सबै स्थानीय तहमा प्रदेश सरकारले खेलकुद क्षेत्रको संरचना निर्माणको लागि सर्शत अनुदानमा बजेट पठाएको उँहाले बताउँनुभयो । प्रदेस सरकारकै बजेटमा दाङको घोरोही र बुटवलको नँया गाउँमा अन्र्तराष्ट्रिय स्तरको रङ्गशाला बन्दै गरेको छ मन्त्री बरालले भन्नुभयो– तिव्र गतिमा प्रदेशमा खेलकुदको विकास भएको दाबी गर्नुभयो । प्रदेश ५ का सांसद कलमलादेवि विश्वकर्माले स्वास्थ्यको लागि सबैले खेलकुदमा जोड दिनु पर्ने बताउँनुभयो । खेलकुद प्रतियोगिताको लागि मात्र नभएर आफ्नै स्वास्थ्यको लागि पनि फलदा यि रहेको बताउँनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरमा खेलकुद क्षेत्रको विकासको लागि तिव्र गतिमा भौंतिक संरचना निर्माणमा जोड दिएको बताउँनुभयो । उँहाले भन्नुभयो –सैनामैना ७ देउवापारमा अन्र्तराष्ट्रि गौतमबुद्ध क्रिकेट एकेडी निर्माणको काम भईरहेको छ । मुर्गियामा राष्ट्रिय स्तरको खेलकुद मैदानको निर्माण भईरहेको कार्कीले बताउँनुभयो । अरु विकास निर्माणको कामसँगै नगरपालिकाले खेलक्षेत्रको विकासलाई पनि प्राथमिकता दिएको उँहाको भनाई छ । त्यस्तै कार्यक्रममा,ब्याडमिन्टन क्लब रुपन्देहीका वरिष्ठ उपाध्यक्ष मनोज श्रेष्ठ , जिल्ला खेलकुद विकास समितिका पुर्वअध्यक्ष राजु गुरुङ्ग, सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्द बहादुर क्षेत्री, कृष्ण बहादुर केसी लगायतले कार्यक्रममा बोलेका थिए ।














