सभामुख महरामाथि लागेकाे आरोपबारे छानविन हुनु पर्छ : महामन्त्री काेइराला

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भीर आरोपमाथि निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् । उनले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भीर मुद्दा भएकाले निष्पक्ष छानविन गरी आवश्यक निर्णय लिनुपर्ने बताए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री काेइरालाले भने, ‘हुन त यो आरोप, आरोप मात्रै होला । तर त्यसमाथि छानविन भएर तत्काल निर्णय लिनुपर्ने हुन्छ ।’ सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यावहार गरेको आरोप लागेको थियो ।