अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले थाल्यो पहल

प्रकाशित मिति:

एजेन्सी –अमेरिकासँगको अवरुद्ध वार्ता प्रक्रिया अघि बढाउन उत्तर कोरियाले पहल थालेको छ ।अमेरिकासँगको वार्ताका लागि अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्ने सहमति भएको उत्तर कोरियाली विदेश मन्त्रालयले जनाएको हो ।प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मंगलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था ९केसीएनए० ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ ।

उनले भने, “मलाई विश्वास छ कार्यदलस्तरीय वार्ताबाट अमेरिका–उत्तर कोरिया सम्बन्ध विकासका लागि सकारात्मक गति प्राप्त हुनेछ ।”वासिङ्टन–प्योङयाङबीच कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरणका लागि गत बर्षदेखि शुरू भई यसै बर्षको फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा भएको वार्ताबाट सम्झौताका लागि कुनै प्रगति नभएपछि वार्ता प्रक्रिया अवरूद्ध हुँदै आएको छ ।