बालुवाटारबाटै पक्राउ परे महरा

प्रकाशित मिति:

यौन दुर्व्यवहारको अभियोग लगेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेकोे छ । सभामुखको सरकारी निवास बालुवाटारबाटै उनी पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार महरालाई सभामुखको सरकारी निवास वालुवाटारबाट पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंले आज उनलाई पक्राउ गर्न अनुमति दिएलगत्तै प्रहरीले महरालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गरी यौन दुर्व्यवहार अभियोगमा अनुसन्धान प्रकृया अघि वढाइ्एको हो । पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ। आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।