काठमाण्डौ / संघिय संसदकी सांसद लक्ष्मी परियारले सरकारले एउटै प्रकृतिको घटनाका पिडितलाई सरकारले बिभेद गरेको आरोप लगाएकी छिन् । संघिय संसदको बैठकमा आज आफ्नो राय राख्दै यस्तो बताएकी हुन् । संसदको बैठकमा कुरा राख्दै उनले भनिन् ‘सरकारले कञ्चपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा सरकारले १० लाख उपलब्ध गरायो तर त्यही प्रकृतिको घटनाकी कैलालीकी माया बि.क को परिवारलाई किन सहयोग उपलब्ध गराउन सकेन ?‘












