चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई सरकारको उपलब्धिको रुपमा अर्थ्याएका छन् ।लामो समयपछि चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण वर्तमान सरकारको उपलब्धि भएको प्रचण्डको भनाइ छ ।शुक्रबार चितवनको माडीमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्ने पनि बताए । ‘चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ । बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्भर्दमा चीनसँग सम्झौता हुँदैछ,’ प्रचण्डले भने ।
चितवनको माडीमा कम्युनिस्ट नेता दिवाकर भुषालको शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले माडीलाई ‘मणि’ बनाउने प्रतिवद्धता दोहो¥याए ।अध्यक्ष प्रचण्ड पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलको साथमा शुक्रबार माडी पुगेका थिए । साभार : खबरहब









