सीको सवारी हुँदा सडकमा हिँड्न र किनारामा उभिन नपाइने

प्रकाशित मिति:

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङ सवारी हुँदा सडकमा सर्वसाधारण हिड्न नपाउने भएका छन् । सडक पेटीमा पनि सर्वसाधारणले उभिन नपाउने नियम बनाइएको छ ।राष्ट्रपति सीको सुरक्षालाइ ख्याल गरी उनको सवारी हुने स्थानमा सर्वसाधारण भेला भएर एकै ठाउँ उभिन नमिल्ने बताइएको छ । ट्राफिक प्रहरी स्रोतका अनुसार सीको सवारी हुने वेला सडकका दुवै किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्न पाइनेछैन । सुरक्षाकै लागि सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ जनाइएको छ ।

राष्ट्रपति सी भारत भ्रमणबाट सीधै त्रिभुवन विमानस्थलमा साँझ करिब ५ बजे आइपुग्ने कार्यक्रम छ । सो क्रममा विमानस्थल समेत पूर्णतस् अन्य उडानका लागि बन्द रहनेछ ।