काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज क्षेत्र (उत्तर र दक्षिण अमेरिका)को क्षेत्रीय संयोजक पदमा उम्मेद्वार हुने भएका छन्। तनहुँ जिल्लाका त्रिपाठी पारिवारिक रुपमा राजनीति र सामाजिक क्षेत्रका व्यक्ति हुन्। त्रिपाठी बिधार्थी कालमा नेपाल बिधार्थी संघको राजनीति र पछि नेपाली काँग्रेस पार्टीसंग संबद्ध थिए। पछि अमेरिकामा पुगेर पनि नेपाली जनसम्पर्क समितिसँग संबद्ध थिए।
त्रिपाठी एनआरएनएमा भने २००७ तिर देखि नै सकृय थिए। राष्ट्रिय समन्वय परिषद परिषद (एनसीसी) अमेरिका भन्दा पनि उनि अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) का गतिबिधिसँग नजिक थिए। सकृय रुपमा चाहिँ जीवा लामीछाने अध्यक्ष भएको समय देखि भएका हुन्। २००७ बाट नियमित रुपमा अन्त्राष्ट्रिय परिषद सम्मेलन र महाधिवेशन गतिबिधिमा सकृय त्रिपाठी महाधिवेशन प्रतिनिधि पनि हुँदै आएका छन्। यसबाहेक थुप्रै संघ-संस्थाको नेतृत्व समेत संहालेका त्रिपाठी पछिल्लो समय अमेरिकाको डिसी महानगर क्षेत्रमा ब्यापार-ब्यबसाय गर्दै आएका छन्। नेपालमा हुँदा त्रिपाठी प्लान इण्टर्नेश्लन (INGO, युनेस्को लगायत थुर्पै क्षेत्रमा पनि सकृय थिए।









