एनआरएनए चुनावका लागि कुल आचार्यले गरे आफ्नो प्यानलको घोषणा

प्रकाशित मिति:

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेदवार बनेकी छन् । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर साथीहरुको सल्लाहमा जानकीलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले बताए ।