किसानले निकाले बाँदर धपाउने यस्तो जुक्ति

प्रकाशित मिति:

कास्की – बाँदरले दुख दिएपछि किसानले अनौठो उपाय निकालेका छन् । भित्र्याउने बेला भएको अन्नबालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि किसानले बाँदरबाट बाली जोगाउन विभिन्न उपाय अपनाएका हुन् । कास्कीको पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि त्यसको समाधानका लागि रेडियोको प्रयोग गरिएको छ ।

ठूलो आवाजमा रेडियो बजाएर बाँदर धपाउने जुक्ति उनीहरुले लगाएका छन् । त्यसका लागि खिर्रोको बोटमा रेडियो बजाएर राखिएको छ ।पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् ।