काठमाडौँ — रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययन प्रिलिमिनरी इन्जिनियरिङ एन्ड ट्राफिक सर्भे भारतले गरिदिने समझदारी भएको छ ।
प्रधानमन्त्री केपी ओली र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक सम्मेलनको अवसरमा नेपाल आएका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी एमओयू भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले हस्ताक्षर गरको एमओयू दुई प्रधानमन्त्रीले एक आपसमा हस्तान्तरण गरेका छन्।
समझदारी अनुसार भारत सरकारको लगानी रहेको कोंकन रेल्वे कर्पोरेसन लिमिटेडले रेलवे अध्ययन गर्नेछ। यसबारे नेपालको भौतिक मन्त्रालय, रेलवे विभागसहितका अधिकारीहरुसँग कम्पनीका उच्च अधिकारीले भेटवार्ता समेत गरिसकेका छन्। ‘अध्ययनका लागि कम्पनीका अध्यक्ष सञ्जय गुप्तासहित ४ जना अधिकारीहरु र हामीबीच वार्ता भइसकेको छ रेलवे विभागका महानिर्देशक अनन्त आचार्यले भने आगामी ४ महिनामा अध्ययन सक्ने योजना छ। भारतले गर्ने अध्ययन लागत अनुदानअन्तर्गत हो।
उक्त कम्पनीले अध्ययन कार्य पूरा गरिसकेपछि अन्य अध्ययन विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयारी र निर्माण प्रक्रियाका लागि बाटो खुला हुनेछन्। प्रारम्भिक तयारीअनुसार रक्सौलबाट निजगढ हुँदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन खोजिएको हो












