त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरीक टर्मिनलआजदेखि खुला

प्रकाशित मिति:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजेदेखि  नै खुला गरेको छ । सरकारले  गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयमा २ घण्टा ३० मिनेट  थप्दै २१ घण्टा अर्थात बिहान ६ देखि राति ३ बजेसम्म पुर्‍याएको थियो । योसँगै आजबाट बिमानस्थल २२ घण्टा सञ्चालनमा रहनेछ । चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि सुरु गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । सुरक्षा जाँच, टिकट, यात्रु बोर्डिङ, पाइलटहरूले वायुयान चेकजाँच गर्दागर्दै आन्तरिक उडान भने साढे ५ बजेदेखि सुरु हुनेछन् ।  यसअघि बिहान ६ बजे विमानस्थल खुला हुन्थ्यो तर उडान साढे ६ बजे हाराहारीबाट मात्रै सुरु हुन्थे । यसैबीच नेपालमा सवैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान भर्दै आएको कतार एयरले आजदेखि थप १ उडान थप्दैछ । दोहा–काठमाडौंमा दैनिक ५ वटा उडान भर्दै ओएको कम्पनीको थिपएको विमान आज राती १ वजे काठमाडौं आउँदैछ ।