सबलपोस्ट/बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिहारमा देउसी भैलो चार दिन मात्र खेल्न आग्रह गरेको छ । नगरपालिकाले लक्ष्मीपुजाको दिनदेखि भाईटिकाको भोलिपल्टसम्म मात्रै देउँसी भैलो खेल्न आग्रह गरेको हो ।
नगर प्रमुख वासुदेव घिमिरेद्वारा जारी सूचनामा राती १० बजेसम्म मात्रै देउँसी भैलो खेल्न समयावधि पनि तोकिएको छ । चाडपर्वहरुको परम्परा र नेपालको मौलिक संस्कृति जोगाउन नगरबासीहरुको साथ र सहयोग अपरिहार्य रहेको सूचनामा उल्लेख गरिएको छ ।









