प्रधानमन्त्रीले गरे एक्सन रुमबाट ठूला आयोजनाको अनुगमन

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट मुलुकभरका राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्र्रािष्ट्रय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन् ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरू निर्धारित समयअगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई निर्देशन दिए । विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगति विवरण लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । बुधबारको एक्सन रुममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी भएका थिए ।

प्रधानमन्त्री कार्यालयस्थित एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलाई थालिएका विभिन्न आयोजनाको काम छिटो सक्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले विभागीय मन्त्रीलाई साथै राखेर ती आयोजनाको प्रगति विवरण लिएका थिए । एक्सन रुममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पुनले प्रधानमन्त्री ओलीले आयोजनाहरू अनुगमनपछि कार्यशैली बदलेर काम छिटो सक्न निर्देशन दिएको जानकारी दिए । उनले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयअघि नै काम सक्न निर्देशन दिएको बताए । – राजधानीदैनिक बाट