बुटवलस्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ चोरी भएको छ । बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको रकम बिहान साढे १० बजेतिर चोरिएको हो ।
नेपालगञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका कर्मचारीले बैंकभित्र रहेको टेबलमा पैसाको बिटो निकालेर राखी भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले रकम चोरेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।












