रेन्बो ज्ञानोदय गोल्डसको उत्कृष्ट बलिङसंगै मणिग्राम किङसले पुरै विकेट गुमाएर निर्धारित २० ओभरको खेलमा ८८ रनको कमजोर लक्ष्य पेश गरेको छ । मणिग्राम किङसका ब्याटसम्यानहरु लमो समय क्रिजमा टिक्न नसक्दा ज्ञानोदयका बलरले थप दबाब सृजना गरेका थिए । ओपनर बयाटसम्यान प्रज्वल थापा ११ बल खेल्दै ५ रनमा सिमित भए । दोस्रो विकेटको रुपमा रोहन केसी १४ बलको सामना गर्दै १० रनमा पेभेलियन फर्केपछि मणिग्रामका लागि थप दबाब बढ्यो । मणिग्रामका लागि अजय शाहनीले २३ बलमा २० रनबाहेक सम्मानजनक स्कोर जोड्न नसक्दा मणिग्राम सस्तैमा समेटिएको हो । टिमका लागि दोहोरो अंक जोड्ने खेलाडी कप्तान कृष्ण कार्कीले १८ बलमा १९ रन, दुर्गेस गुप्ताले ९ बलमा १२ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
मणिग्रामलाई सस्तैमा समेट्नका लागि ज्ञानोदयका सिद्धान्त राज शाहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरको खेलमा १ मेडन सहित ६ रन मात्र खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिंदै कमल ओलीले पनि ३ विकेट लिएका थिए । टिमका लागि जितेन्द्र शाहनीले ४ ओभरको खेलमा २५ रन खर्चिंदै २ विकेट लिएका थिएभने दिवान पुन र प्रतिस जिसीले समान १÷ १ विकेट लिए ।
जवाफी ब्याटिङमा ज्ञानोदय मैदानमा छ । उसको यो समाचार तयार पार्दासम्म १ विकेट को क्षतीमा ९ रन भएको छ ।










