सबलपोस्ट/कञ्चन – निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड र रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले आफ्नो बित्तिय संस्था संग बिमा कारोबार गरेका गैडहवा गाउपालिका वार्ड नं. १ बकौलीका जितरानी थारुलाई बिमा रकम मृत्युपोरान्त मृत्यु दाबी भुक्तानी गरेको छ । बिगत २६ बर्ष देखि ग्रामिण क्षेत्रमा महिलाहरुलाई आत्म निर्भर बनाउन आय आर्जन तथा ब्यापार ब्यबसायमा लगानी गर्नमा उत्प्रेरित गर्न समूह जमानीमा लघु कर्जा उपलब्ध गराउदै आएको निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड हरैया शाखाले गैडहवा गाउपालिका वार्ड नं. १मा संचालन गर्दै आएको बकौली महिला समूहका सदस्य स्वर्गिय जितरानी थारुका श्रीमान हरि प्रसाद थारुलाई गैडहवा गाउपालिका वार्ड नं. १ वडा अध्यक्ष प्रदिप कुमार चौधरीले एक कार्यक्रमका बिच रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड,क्षेत्रिय कार्यलय बुटवलका म्यानेजरको समेत उपस्थितिमा हस्तान्तरण गर्नु भएको छ ।
बकौली महिला समूहका सदस्य जितरानी थारुले २०७५ बैसाख १३ मा समूह जमानीमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,हरैया शाखाबाट २ लाख रुपैया कर्जा लिएका थिए । सो कर्जा लिए बापत मेटा लाइफ एलिको इन्सुरेन्स कम्पनी संग सम्झौता भए अनुरुप २ लाख ७६ हजार रुपैया र २०७६ बैसाख १६ गते सोही बित्तिय संस्थाबाट बिना धितो ३ लाख रुपैया लिएको कर्जाको रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड संगको बिमा सम्झौता अनुरुप ३ लाख ९० हजार रुपैया गरी ६ लाख ६६ हजार स्वर्गिय जितरानी थारुका श्रीमान हरिप्रसाद थारुलाई भुक्तानी दिइएको हो । बिगत २०७० साल पुष देखि नियमित रुपमा निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,हरैया शाखा संग कारोबार गर्दै आउनु भएकी जितरानी थारुको गत असार ३ गते निधन भएको थियो ।

बिमा रकम प्रदान गर्दै गैडहवा गाउपालिका वार्ड नं. १ वडा अध्यक्ष प्रदिप कुमार चौधरीले जिबन बिमाले अकल्पनिय रुपमा हुने दुर्घनालाई रोक्न त सक्दैन तर दुर्घटनाबाट हुने मानबिय क्षतिको जिम्मेवारी लिने भएकोले सबैले अनिवार्य रुपमा जिवन बिमा गर्नु पर्ने बताउनु भएको छ ।यसै गरी रिलायबल लाइफ इन्सुरेन्स नेपाल लिमिटेड,क्षेत्रिय कार्यालय बुटवलका प्रमुख सुरेन्द्र थापाले जिवन बिमा गर्नु भनेको सबल भएको बेला कमजोर हुदाको लागि शक्ती सञ्चय गर्नु जस्तै हो भन्दै जिबन बिमाले मानबिय जिवनको जोखिम बहन गर्नुको साथै थोरै थोरै रकम बैंकमा बचत गर्ने बानी बिकास गराउने माध्यम भएको बताउनु भएको छ।सही समयमा सही निर्णय लिन सक्नेहरुले नै जिवनमा सफलता प्राप्त गर्ने भएकोले जिवन बिमा गर्नलाई ढिलाई गर्न नहुने बताउनु भएको छ । निर्धन उत्थान सदैब धन नभएका तर केही गर्छु भनि मनमा योजना र सोंच भएका बिपन्न परिवारको सारथी बन्दै आइरहेको बताउदै निर्धन उत्थान बित्तिय लिमिटेड,क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत पुर्ण बहादुर खडकाले निर्धनको मुख्य उद्धेश्य भनेको आर्थिक अभावका कारण आय आर्जनका लागि कुनै बयापार ब्यबसाय गर्न नसकेका बिपन्न तथा गरिब घर परिवारलाई महिलाहरुको सामुहिक जामनीमा ऋण दिने र समूह र केन्द्रको प्रतक्ष्य निगरानीमा लगानीको सही सदुपयोग भए नभएको अनुगमन गर्दै आएको बताउनु भएको छ ।

निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,हरैया शाखाका कार्यालय प्रमुख तुलसा पाण्डेले लघु बित्त कर्जाबाट लिएको रकमलाई सही ठाउमा लगानी गर्न सके कुनै पनि सदस्यको आर्थिक रुपमा प्रगति हुने बताउदै ऋण लिने भनेको ब्यापार ब्यबसाय तथा लघु उधम जस्ता कार्यहरुमा लगानी गर्न आर्थिक अभाव भएको बेला हो । ऋण पाइयो भन्दै जथाभाबी नलिएर चाहिएको बेला चाहिएको ऋण लिएर आवस्यक ठाउमा उपयोग गर्न सके मात्र आर्थिक रुपमा र सामाजिक रुपमा प्रगती गर्न सकिने बताउनु भएको छ । कार्यक्रममा रिलायबल लाइफ इन्सुरेन्स नेपाल लिमिटेड,क्षेत्रिय कार्यालय बुटवलका मार्केटिङ इन्चार्ज,बकौली महिला समूहकी केन्द्र प्रमुख अकेली थारु र स्वर्गिय जितरानी थारुकी श्रीमान हरि प्रसाद थारु लगायतले बोल्नु भएको कार्यक्रममा ओमकार बानियाको संचालन र निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेड,हरैयाका शाखा प्रमुख तुलसा पाण्डेको सभापतित्वमा गैडहवा गाउपालिका वार्ड नं. १ को बकौलीमा कार्यक्रम सम्पन्न भएको हो ।









