नेपाल र स्पेन तथा अष्ट्रेलियाबीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड

प्रकाशित मिति:

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फुटी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच भेटवार्ता भएको छ । कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फुजी शेर्पाले आफूले दुई मुलुक बीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निजी क्षेत्रको सुझाव अनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।  यसैबिच, अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजना बनाई सहजीकरण गर्ने बताएका छन् ।  कार्यक्रममा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, खल्का पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।