अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्दै नर्भिक हस्पिटल, भूमिपूजा सम्पन्न

प्रकाशित मिति:

काठमाडौँ –  विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नर्भिक इन्टरनेसनल हस्पिटलले थप सुविधाका लागि अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।

भवन निर्माणको कामलाई आरम्भ गर्दै हस्पिटलले शुक्रबार दिउँसो १ बजे भूमिपूजा सम्पन्न गरेको छ । यसका साथै सो अवसरमा हस्पिटलले विशेष समारोहको आयोजना समेत गरेको थियो ।