लहान-चितुवाको छालासहित सिरहाको लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकका टोलीले शनिबार लहान नगरपालिका– १ स्थित गोपाल सेवा समितिको कोठा नं ६ बाट दुई वटा चितुवाको छालासहित लहान नगरपालिका– १७ तरेगना निवासी ३७ वर्षीय शिवकुमार रामलाई पक्राउ गरेको हो ।
चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले चितुवाको छालासहित रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।पक्राउ परेका राममाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।









