होटल क्रिटल प्यालेसमा जुवा खेली रहेका ९ जना पोखरा प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति:

उत्तम पौडेल-पोखरा /जुवा खेलीरहेका अवस्थामा पोखरा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्ग स्थितमा रहेको छवि पौडेलले संचालन गरेको होटल क्रिटल प्यालेसमा जुवा खेलाईरहेको भन्ने स्थानीयको सुचनाको आधारमा जुवाको खालबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा तासका गड्डी सहित जुवातास खेल्ने खेलाउने छवि पौडेल समेत ९ जना व्यक्तिहरुलाई नगद अक्षेरुपी दश लाख अन्ठाउन्न हजार पाँच सय दश रुपैँया सहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । News24