सप्तरीको खरोखोलामा भेटियो सात फिट लामो १२ किलोको अजिंगर

प्रकाशित मिति:

सप्तरी –  सप्तरीको दक्षिण पूर्वी तिलाठी कोइलाडी गाउँपालिका–१ खरोखोलामा सात फिट लामो अजिङ्गर फेला परेको छ। गाईवस्तु चराउन गएका गोठालाले अजिंगर देखेपछि सूचना पाएको प्रहरी खोलामा पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शनिबार अपराह्न १२ किलोग्राम तौलको अजिङ्गर नियन्त्रणमा लिई डिभिजन वन कार्यालयको टोलीलाई बुझाएको छ।

यसअघि गत असोज ३० मा तिलाठी कोइलाडीकै छिमेकी नगर हनुमाननगर कंकालिनी नगरपालिका योगिनियाका सार्वजनिक पोखरीमा करिब सात किलोग्रामको गोही भेटिएको थियो। स्थानीय माझीले माछा मार्ने क्रममा जालमा फसेको गोहीलाई हनुमाननगरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।