वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई खेमराज स्रष्टा सम्मान प्रदान गरिएको छ । लोकप्रिय गायक स्वर्गीय खेमराज गुरुङको नाममा स्थापना गरिएको ‘खेमराज गुरुङ ट्रष्ट’ले उनको दोस्रो वार्षिकीको अवसर पारेर राजधानीमा गरेको कार्यक्रममा खेमराजका सांगीतिक गुरुसमेत रहेका प्रकाश गुरुङलाई नगद ५० हजार रुपैयाँसहित स्रष्टा सम्मान प्रदान गरिएको हो ।
गत वर्ष यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापालाई प्रदान गरिएको थियो । ट्रष्टले प्रदान गर्दै आएको २० हजार रुपैयाँ नगदसहितको युवा प्रतिभा पुरस्कार भने ओमप्रकाश राईलाई प्रदान गरिएको छ ।













